पुर्वप्रधानमन्त्री, एमाले अध्यक्ष केपी ओली पक्राउ

पुर्वप्रधानमन्त्री, एमाले अध्यक्ष केपी ओली पक्राउ
  • १४ चैत्र २०८२, शनिबार ०६:२९

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो ।

mulpatra

कार्की आयोगको सिफारीसमा उनी पक्राउ परेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पूर्व ओली पक्राउ परेका हुन्।

उनलाई शनिबार बिहान भक्तपुरको गुण्डुबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीको टोलीले जरुरी पक्राउ पुर्जी बुझाएर नियन्त्रणमा लिएको हो।

mulpatra mulpatra mulpatra

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ बमोजिम कसुर हेरी अनुसन्धान, तहकिकात र अभियोजन गर्न नेपाल सरकारलाई सिफारिस गरेको थियो।

शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com