पक्राउ परेका केपी ओली टिचिङ अस्पतालको बेड नम्बर ५०१ मा भर्ना
काठमाडौं । आज विहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । निवासबाटै पक्राउ परेका उनलाई स्वास्थ्य परीक्षण गरेपछि ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।

मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले उनलाई सुरुमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।
रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई एनेक्स वानको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । ५०१ नम्बर बेड भएको भवनमा लैजाँदा ओलीलाई गाडी चढाएर लगिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
जेनजी आन्दोलनका क्रममा भएका घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएपछि प्रहरीले आज बिहान एमाले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेको थियो ।



