अध्यक्ष पक्राउ प्रकरणमा एमालेले अन्य दल र नागरिक समाजसँग संवाद गर्ने
काठमाडौं । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ परेपछि नेकपा एमालेले अन्य राजनीतिक दल तथा नागरिक समाजसँग संवाद गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सबै दल, नागरिक समाज आम जनतासँग सहकार्य गर्ने निर्णय गरेको हो ।
‘लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने’, बैठकको निर्णयमा भनिएको छ ।
![]() |
![]() |
![]() |
|---|
महासचिव शंकर पोखरेलका अनुसार राजनीतिक दलहरूसँग संवाद गर्ने जिम्मा उपाध्यक्ष विष्णु पौडेललाई दिइएको छ । भने संसदका दलहरूसँग संवाद गर्ने जिम्मेवारी अर्का उपाध्यक्ष रामबहादु थापालाई दिइएको छ ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिसका आधारमा प्रहरीले आज पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखककलाई पक्राउ गरेको छ । एमालेले ओली पक्राउको प्रतिवाद गर्ने निर्णयसहित आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।



