सरकारको विरोधमा देशभर प्रदर्शनमा उत्रियो एमाले

सरकारको विरोधमा देशभर प्रदर्शनमा उत्रियो एमाले
  • १४ चैत्र २०८२, शनिबार १७:१५

काठमाडौं । काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा नेकपा एमालेका कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि रोक्न खोजेको प्रहरी र प्रदर्शनमा उत्रिएका नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

mulpatra

झडप उग्र बन्दै जान थालेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै एमाले कार्यकर्ताहरूले काठमाडौंको बबरमहलमा प्रदर्शन गरेको छ। केही प्रदर्शनकारी समेत घाइते भएका छन् ।

शनिबार दिउँसो तीन बजेपछि माइतीघर क्षेत्रमा भेला भएका एमाले नेता कार्यकर्ताहरू नाराबाजी गर्दै बबरमहलतर्फ अघि बढेका थिए। बबरमहलको मूल सडकमै प्रदर्शनकारीहरूले टायर बालेका थिए।

mulpatra mulpatra mulpatra

उता ओलीको गृह जिल्ला झापामा समेत नेकपा एमालेका कार्यकर्ता सडकमा उत्रिएका छन् । कार्यकर्ताले बिर्तामोडको मुक्तिचोकमा सरकारको रवैयाविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

गैरकानुनी र प्रतिशोधपूर्ण पक्राउको विरोधमा एमाले नेता कार्यकर्ताहरुले पार्टी कार्यालयदेखि मुक्तिचोकसम्म ¥याली गर्दै विरोध जनाएका हुन् ।

उता अपराह्न पोखरामा पनि एमाले कार्यकर्ताहरू ओलीको रिहाइ माग गर्दै सडकमा निस्किएका छन् ।

Image Source: © https://mulpatra.com

मकवानपुरको हेटौंडामा पनि नेकपा एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंमा प्रदर्शनकारीलाई रोक्न खोजेपछि एउटा निजी गाडीको सिसा पनि फुटाएका छन्। बबरमहलबाट प्रदर्शनकारीको एक समूह सिंहदरबारको दक्षिण गेटतिर लागेको थियो त्यहाँ समेत प्रहरीले लाडी चार्ज गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले देशभर प्रदर्शनको तयारी गरेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com