Close

Recent Posts

आफ्ना नेता पक्राउ पर्दा कांग्रेसको दुई फरक विज्ञप्ती, के कांग्रेस फुट तर्फ अग्रसर भएको हो

आफ्ना नेता पक्राउ पर्दा कांग्रेसको दुई फरक विज्ञप्ती, के कांग्रेस फुट तर्फ अग्रसर भएको हो
  • १४ चैत्र २०८२, शनिबार २०:२१

काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी ओली र पुर्व गृहमन्त्री तथा कांग्रेसका नेता रमेश लेखक पक्राउ परेपछिको परिस्थितिमा कांग्रेसका दुई समूहले भिन्ना भिन्नै विज्ञप्ती निकालेका छन् । दुई समूहले विज्ञप्ती जारी गरेपछि नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष झनै चर्किँदै गएको छ ।

mulpatra

जेनजी घटनाको छानविन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको विषयमा कांग्रेसको दुई वटा विज्ञप्ति जारी भएका छन् ।

आफ्ना नेता पक्राउ पर्दा आएका दुई भिन्ना भिन्नै विज्ञप्तीले कांग्रेसको कलह झन बढ्ने देखाएको छ । पार्टीका दुई जिम्मेवार निकायबाट आएका विज्ञप्तिले कांग्रेसभित्र विज्ञप्ति युद्ध सुरु भएको पुष्टि गर्छ । यसले पार्टी देउवा पक्ष र गगन पक्षबिच ठुलो दरार उत्पन्न भएको देखाएको छ ।

mulpatra mulpatra mulpatra

पार्टी सभापति गगन थापा पक्षबाट प्रवक्ता देवराज चालिसेले र कार्यावाहक सभापतिको नाममा पुर्णबहादुर खड्काको हस्ताक्षरमा जारी विज्ञप्ती बाझिन गएको छ । भदौ २३ को दमन र २४ को विध्वंस दुवैको निष्पक्ष छानबिन हुनुपर्ने पुरानै अडान दोहोर्‍याउँदै कानुनी राज्य र विधिको शासनको कुरा गर्दै सरकारलाई संयमित हुन आग्रह गरेको छ ।

हेर्नुहोस दुई विज्ञप्तीः

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com