गृहमन्त्री राजिनामा देउः नेकपा (एमाले)
काठमाडौं । नेकपा एमालेले गृहमन्त्री सुधन गुरूङको सार्वजनिक भएको सम्पत्तिको विषय पारदर्शी नभएको भन्दै राजीनामा माग गरेको छ।

सम्पत्ति विवरणमा सेयर कारोबार लुकाइएको र विवादास्पद व्यापारीसँगको ‘साँठगाँठ’ रहेको भन्दै गृहमन्त्री गुरूङको सर्वत्र आलोचना भइरहेको अवस्थामा गृहमन्त्री गुरुङको राजीनामा माग गरेको हो ।
विधिको शासन सबै नागरिकका लागि समान रुपमा लागु हुने हुदाँ प्रश्न उठाउन पाउने जनताको अधिकार र प्रश्न उठेपछि छानविन गर्नु अनिवार्य भन्दै गृहमन्त्री गुरुङलाई मार्ग प्रशस्त गर्न भनेको छ ।
![]() |
![]() |
![]() |
|---|
एमाले विधि र कानुनी शासनको पालन गर्दै दण्डहीनताको अन्त्य र शासन प्रणालीलाई पारदर्शी तथा प्रभावकारी बनाउन इमान्दार रहेको समेत विज्ञप्तीमा भनिएको छ । सार्वजनिक पदमा रहेका व्यक्तिहरुका विषयमा नागरिक तहबाट प्रश्न उठ्नेवित्तिकै इमान्दारीतापूर्वक जवाफ दिने राजनीतिक संस्कार एमालेले स्थापित गरेको भन्दै गृहमन्त्रीको सार्वजनिक भएको सम्पत्ति र सम्भावित अनियमितताहरुको खोजी गर्न मार्गप्रशस्त गर्न माग गरेको छ ।
‘तर नेपाल सरकारका गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएको प्रकरणले केवल आशंका मात्र उत्पन्न गरेको छैन, यसले विगतमा भएका सम्भावित अनियमितता र विसंगतिका रहस्यहरू समेत क्रमशः उजागर हुन सक्ने संकेत गरेको छ,’ एमालेले भनेको छ।




