एमालेले आज देशभर विरोध कार्यक्रम साथै सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै
काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले आज देशभरका सीडीओ कार्यालयहरूमा विरोधपत्र बुझाउने भएको छ । अध्यक्ष पक्राउको विरोधमा हिजो देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको थियो ।

एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पक्राउपछि आकस्मिक रुपमा बसेको एमालेको सचिवालय बैठकले आन्दोलनका कार्यक्रमहरु तयार गरेको थियो । सोही निर्णयअनुसार हिजोको कार्यक्रम तयार भएको थियो भने आज जिल्लामा व्यापकर विरोध कार्यक्रम गर्ने र सीडीओ कार्यालयमा विरोधपत्र बुझाउन लागेको छ ।
जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरीले मन्त्रिपरिषद्को निर्णयमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओली र नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखककलाई शनिबार बिहान पक्राउ गरेको थियो ।
![]() |
![]() |
![]() |
|---|
एमालेले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन उच्चस्तरबाट छानविन हुनुपर्ने माग राखेको छ । एमालेले आयोगको अनुसन्धान र सिफारिस नै निष्पक्ष नभएको भन्दै विरोध कार्यक्रम निरन्तर जारी रहने बताएको छ ।



