ओली लेखकलाई आज अदालतमा पेश गरिने
काठमाडौं । हिजो पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज अदालत उपस्थित गराइने भएको छ ।

पक्राउ परेको २४ घण्टा भित्र अदालतमा उपस्थिति गराउने कानुनी प्रावधान भएपनि हिजो शनिबार भएका कारण उनीहरूलाई अदालत लगिएको थिएन । आज कार्यालय समयमा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।
जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्न भन्दै दुई नेतालाई पक्राउ गरेको थियो ।
![]() |
![]() |
![]() |
|---|
गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले गत २३ र २४ भदौको घटनामा दोषी किटान गरी १० वर्षसम्म जेल सजाय तोक्न सिफारिस गरेको छ । २३ भदौको घटनामा तत्कालीन सरकार प्रमुखको रूपमा ओली र गृहमन्त्रीको रूपमा रहेका लेखकलको हेलचेक्य्राइँ गरेका विद्यार्थीको ज्यान गएको आयोगको ठहर छ ।



