नयाँ मन्त्रीहरुलाई पुल्चोकको पुरानो क्वाटर

नयाँ मन्त्रीहरुलाई पुल्चोकको पुरानो क्वाटर
  • १५ चैत्र २०८२, आईतवार १३:००

काठमाडौँ । बालेन सरकारका मन्त्रीहरुलाई पुल्चोक स्थित क्वाटरमा व्यवस्थापन गर्ने भएको छ । नवनियुक्त मन्त्रीहरुलाई पुल्चोकस्थित क्वाटरमा व्यवस्थापन गर्न सरसफाइ थालेको छ ।

mulpatra

त्यहाँ भने न्यायाधीशहरु बसिरहेका थिए । विगतको सरकारले भैसेपाटीको नयाँ क्वाटरमा मन्त्रीहरुलाई सारेपछि पुल्चोकको क्वाटरमा केही न्यायाधीशहरु बसिरहेका थिए उनीहरु लाई कहाँ व्यवस्थापन गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

जेनजी आन्दोलनमा ध्वस्त भएको मन्त्री क्वाटरहरुको पुननिर्माण भएको छैन । पुननिर्माण हुन समय लाग्ने देखिएकोले नयाँ मन्त्रीहरुलाई व्यवस्थापन गर्न तत्काल पुल्चोक सहज हुने देखिएकोले त्यही राख्ने भएका छन् ।

mulpatra mulpatra mulpatra

मन्त्रीहरु र न्यायाधीश एकै ठाउँमा बस्न अप्ठारो हुने हुनाले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशसँग सल्लाह गरेर निर्णय लिने भएका छन् ।

एउटै कम्पाउण्डभित्रको क्वाटरमा कतै न्यायाधीशहरु बस्ने र कतै मन्त्रीहरु रहने कुराले सकारात्मक सन्देश नदिने र अनावश्यक विवाद सार्वजनिक हुन सक्नुका साथै न्यायसम्पादनमा असर पर्नसक्ने भन्दै उनीहरुले विकल्ल्पका बारेका छलफल गर्न लागेका हुन् ।

हाल पुल्चोकमा मुख्य रजिष्ट्रार विमल पौडेलसहित १३ न्यायाधीश बस्दै आएका थिए । तर बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बने लगत्तै सरसफाइ सुरु भएपछि न्यायाधीशहरु के गर्ने भन्ने विषयमा अलमलमा परेका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com