रमेश लेखकलाई ल्याईयो सरकारी वकिल कार्यालय, म्याद थप्ने तयारी
काठमाडौं । हिजो पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका निम्ति माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा ल्याइएको छ ।

जेनजी घटनाको छानविन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको तत्कालीन जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा कारबाही सिफारिस गरिएका आधारमा उनलाई पक्राउ गरिएको हो ।
शनिबार भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ परेका लेखकलाई महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
आज सरकारी वकिल कार्यालयमा बयानपछि उनलाई म्याद थपका निम्ति काठमाडौंमा जिल्ला अदालतमा लगिनेछ । उनीमाथि भदौ २३ गतेको घटनाका सम्बन्धमा मुद्दा चलाउने तयारी छ ।



