एमालेले बुझायो काठमाडौँ जिल्ला प्रशासनमा विरोधपत्र
काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ । ओलीलाई बालेन सरकारले गौरीबहादुर कार्की आयोगको सिफारीस भन्दै शनिवार पक्राउ गरेको थियो ।
अध्यक्ष पक्राउ पछि बसेको एमालेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाएको हो ।

पार्टीले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको छ । पार्टीले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको भन्दै उक्त घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।
