Close

Recent Posts

सुशासन सुधारका लागि गठित समितिले सार्वजनिक गर्यो सुशासन मार्गचित्र २०८२ सम्बन्धी प्रतिवेदन

सुशासन सुधारका लागि गठित समितिले सार्वजनिक गर्यो सुशासन मार्गचित्र २०८२ सम्बन्धी प्रतिवेदन
  • १५ चैत्र २०८२, आईतवार १५:२७

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय महाशाखाको सचिव गोविन्दबहादुर कार्कीको नेतृत्व गठिन सुशासन सुधार समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले सरकारका शासकीय सुधार योजना अगाडि बढाउन सुशासन मार्गचित्र २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो।

mulpatra

समितिले अध्ययनका क्रममा सुधार आवश्यक क्षेत्रहरू पहिचान गर्दै एक विस्तृत कार्यसूची तयार पारेको छ।
प्रतिवेदनमा सुधारका लागि १,७६५ वटा क्रियाकलाप समावेश गरिएको छ, जसमा प्रशासनिक, न्यायिक र व्यवस्थापकीय सुधारका उपायहरू समेटिएका छन्।

प्रतिवेदन तयार पार्दा समितिले विभिन्न राजनीतिक दलका घोषणापत्र, जनताको अपेक्षा र सरोकारका विषयवस्तुहरूलाई पनि विश्लेषण गरेको छ। यसैगरी, व्यवस्थापिका तथा न्यायप्रशासन सुधारसम्बन्धी सिफारिसहरू पनि प्रतिवेदनमा राखिएको छ।

mulpatra mulpatra mulpatra

समितिले चैत ३ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । १ हजार ४९ पेजको प्रतिवेदन सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका प्रमुख सहसचिव डा. भीष्मप्रसाद भुसालले जानकारी दिए ।