Close

Recent Posts

शेयर बजारमा ७१ अंकको पहिरो, करेक्सन कि लगानीकर्ताको डर ?

शेयर बजारमा ७१ अंकको पहिरो, करेक्सन कि लगानीकर्ताको डर ?
  • १५ चैत्र २०८२, आईतवार १५:३९

काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सेयर बजारमा ठूलो गिरावट देखिएको छ। नयाँ सरकार गठनपछिको पहिलो कारोबार दिन भएकाले बजारमा उत्साह देखिने अपेक्षा गरिए पनि वास्तविकता त्यसको विपरीत रह्यो। नेप्से परिसूचक ७१ अंकले घट्दै २८७९ बिन्दुमा झरेको छ।

mulpatra

बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको थियो। कारोबार रकम भने बढेर १५ अर्ब रुपैयाँ नाघेको छ, जुन लगानीकर्ताबीच उच्च सक्रियता रहेको संकेत हो। तर, सकारात्मकभन्दा नकारात्मक मनोविज्ञान हाबी हुँदा अधिकांश कम्पनीको मूल्य घटेको देखियो। कुल ३२६ कम्पनीको कारोबार हुँदा थोरै संख्यामा मात्रै मूल्य बढ्दा बहुमत कम्पनीहरू घाटामा गएका छन्।

समूहगत रूपमा हेर्दा सबै सूचकहरू राताम्मे भएका छन्। विशेष गरी फाइनान्स, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर लगायत क्षेत्रहरूमा उल्लेख्य गिरावट देखिएको छ। यसले बजारको समग्र अवस्था कमजोर रहेको संकेत गर्छ।

mulpatra mulpatra mulpatra

अघिल्ला दिनहरूमा बजार लगातार बढिरहेको थियो। यस्तो अवस्थामा केही गिरावट आउनु स्वाभाविक करेक्सनको रूपमा पनि लिन सकिन्छ। लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न बिक्री बढाउँदा बजार घट्न सक्छ। अर्को तर्फ नयाँ सरकार गठनसँगै सुरु भएको धरपकड र त्यसपछि भएका राजनीतिक आन्दोलनहरूले लगानीकर्तामा अनिश्चितता बढाएको छ।

पुँजीबजार संघका पुर्व अध्यक्ष बजारको करेक्सन बारे भन्छन ‘यस्तो अवस्थामा लगानीको मनोबल कमजोर हुनसक्छ, एकातिर बजारको स्वाभाविक करेक्सन हुन सक्छ भने अर्कोतर्फ लगानीकर्ताको मनोवैज्ञानिक डर र राजनीतिक अनिश्चितताको प्रभाव पनि हो ।’

अबको बजार दिशा मुख्यतः राजनीतिक स्थिरता, सरकारी नीति कार्यान्वयन र लगानीकर्ताको विश्वासमा निर्भर रहने उनको भनाई छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com