एमालेको प्रदर्शनमा लाठी चार्ज, एकजना घाइते
काठमाडौं । एमाले पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा एमाललेले प्रदर्शन गरिरहेको छ । प्रदर्शनका क्रममा बबरमहलमा प्रदर्शनरत नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेको एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । आन्दोलनकारीले ढुंगा प्रहार गर्दा प्रहरीले लाठी चार्ज गरेको थियो ।
झडपमा एकजनाको टाउकोमा चोट लागि घाइते भएका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
![]() |
![]() |
![]() |
|---|
हिजो अध्यक्ष ओली पक्राउ परेपछि एमालले देशभरि विरोध प्रदर्शन गरिरहेको छ । आज ७७ जिल्लामा ओलीको रिहाइको माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ ।



