सपथको ६० दिन भित्र सम्पत्ति विवरण बुझाउन सांसदहरुलाई निर्देशन
काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई सपथ लिएको ६० दिन भित्र सम्पत्ति बिवरण बुझाउन संघीय संसद सचिवालयले निर्देशन दिएको छ । नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन सूचना जारी गर्दै संघीय संसद सचिवालयले उक्त निर्देशन दिएको हो ।

भ्रष्टाचार निवारण ऐनअनुसार सांसदहरूलाई शपथको मितिदेखि ६० दिन भित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको विवरण बुझाउन सचिवालयले सूचना प्रकाशित गरेको हो।
नवनिर्वाचित सांसदहरूले चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसको ६० दिन जेठ १० गते पुग्ने भएकाले त्यो समयभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको सचिवालयले जनाएको छ।
![]() |
![]() |
![]() |
|---|
भ्रष्टाचार निवारण ऐनको दफा ५० ले सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सांसदहरूले सिलबन्दी खाममा बुझाउनुपर्ने विवरणमा नाम, निर्वाचन क्षेत्र, स्थायी ठेगाना र मोबाइल नम्बर लगायतको विवरण भने उल्लेख गर्नुपर्छ।



