यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने
काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज देशका विभिन्न भागमा बर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सङ्केत देखिएको छ । विभागका अनुसार देशका पहाडी र हिमाली भू–साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमको वर्षारहिमपातको सम्भावना रहेको छ।
![]() |
![]() |
![]() |
|---|
त्यस्तै मधेश प्रदेश सहित कोशी प्रदेशको तराई भू(भाग समेत एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमको वर्षारहिमपातको सम्भावना रहेको छ।
यता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक दुई स्थानमा समेत मेघगर्जनरचट्याङ्ग सहित मध्यमको वर्षारहिमपातको सम्भावना रहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी र हिमाली भू(भागमा रातको समयमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू(भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



