प्रदेश सांसद रेखाकुमारी शर्मा पक्राउ
काठमाडौं । एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शर्मालाई गएराति काठमाडौं धुम्बाराहीको घरबाट पक्राउ गरेको हो ।

दाङकी एक नाबालिकालाई शर्माले घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेको थियो । शर्माले ति नाबालिकामाथि कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको राम्रो व्यवस्था नगरेको लगायतका आरोप लागेको थियो । त्यसपछि महानगरले जिल्ला प्रहरी परिसरमा बालबालिका सम्बन्धी ऐन अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो ।
नाबालिकाको अवस्था दयनीय भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्दर गरी संरक्षण गृहमा राखेको थियो । बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।
![]() |
![]() |
![]() |
|---|
छोरीको उद्दार गरेको भेटिएपछि ती नाबालिकाको बाबु काठमाडौंमा आएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतले बालिकाको संरक्षण गर्न र उनको पढाइमा कुनै अवरोध नगर्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतको फैसलापछि महानगरपालिकाले बालश्रमक राखेको र नाबालिकामाथि यातना दिएको आरोपमा प्रहरीमा उजुरी दिएको थियो । त्यही उजुरीको छानविनपछि प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले प्रदेश सांसद शर्माविरुद्ध मुद्दा चलाउन नपर्ने राय तयार गरेको थियो ।
शर्माविरूद्ध २०८१ माघमा मुद्दा नचल्ने निर्णयपछि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर एवं हालका प्रधानमन्त्री वालेन्द्र शाहले कुनै दिन समय आउने बताएका थिए ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



