ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाई हुने

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाई हुने
  • १६ चैत्र २०८२, सोमबार १०:४५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदैछ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइका लागि पेसी तोकिएको हो ।

mulpatra

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका एमले अध्यक्ष ओलीका तर्फबाट श्रीमती राधिका शाक्य र कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएका हुन् ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।

mulpatra mulpatra mulpatra