राष्ट्रपतिबाट संसदको दुबै सदनको अधिवेशन आव्हान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनको अधिवेशन आव्हान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो ।

सोही सिफारीसका आधारमा राष्ट्रपतिले यही चैत १९ गते संसद बैठक आह्वान गरेका छन् ।
सरकारले आगामी चैत १९ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरिएको छ । गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान भएको हो ।
![]() |
![]() |
![]() |
|---|



