सरकारले गठन गर्यो संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदल
काठमाडौं । सरकारले लामो समयदेखि बहसको विषय बनेको संविधान संशोधन को विषयलाई समेट्न कार्यदल गठन गरेको छ । संविधान संसोदनको बहसपत्र तयार पार्न उक्त कार्यदल गठन गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको हो। कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरू रहने गरी व्यवस्था गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|



