विदेशीने कामदारको स्वास्थ्य सिण्डिकेट तोडियो, अब हस्पीटलबाट पनि स्वास्थ्य परिक्षणशुल्कको पनि चाँडै निर्णय हुँदै
काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारले अब आफनो स्वास्थ्य परिक्षण सबै अस्पातलबाट पनि गर्न पाउने भएका छ ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य क्षेत्रको सिण्डिकेट तोडदै अस्पतालबाट पनि स्वास्थ्य परिक्षण गराउने बाटो खोलि दिएका हुन् ।
आज विहानै श्रममन्त्री शाहले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा स्वास्थ्य परिक्षण समितिबाट नभएर अस्पतालबाट पनि गर्ने निर्णय गरेको बताए ।
![]() |
![]() |
![]() |
|---|
उनले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा हस्पीटलबाट पनि विदेशीने कामदारका हकमा स्वास्थ्य परिक्षण गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए ।
श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार हाल १९४ वटा स्वास्थ्य संस्थाले नवीकरण संस्था छन् । यीनै संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण हुने गरेको थियो । आगामी दिनमा सबै अस्पतालबाट पनि स्वास्थ्य परिक्षण गर्न मिल्ने भएको छ ।
मलेसियाद्वारा छानिएका ३६ वटा स्वास्थ्य संस्था, गल्फ कोअपरेशन काउन्सिलद्वारा छानिएका १९ स्वास्थ्य परीक्षण संस्था गाम्का र कतार भिसा सेन्टर, अमेरिका जाने व्यक्तिको आइओएम, कोरियाले शुक्रराज ट्रपिकल अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र नेपाल कोरियामैत्री अस्पतालले स्वास्थ्य परीक्षण गर्दै आएको छ । यी संस्थाहरुलाई मात्रै सिन्डिकेट भएको आरोप छ ।
Image Source: © https://mulpatra.com
इजरायल, कोरिया, जापान, अमेरिका, अस्ट्रेलिया लगायका देशहरूको स्वास्थ्य परीक्षण शुल्क कम्तीमा १२ हजार र मलेसियाको १० हजारभन्दा माथि रहेको छ । प्रमुख गन्तव्य मुलुक अरब र मलेसिया लगायत देशमा जाने स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय तोकिएपनि मलेसियाको मेडिकलमा सिन्डिकेट गर्दै नेपाल स्वास्थ व्यवसायी महासंघले १० हजार असुल्ने गरेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



