एमालेले घोषणा गर्यो विरोधका कार्यक्रम

एमालेले घोषणा गर्यो विरोधका कार्यक्रम
  • १७ चैत्र २०८२, मंगलवार १६:३१

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ । पुर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।

mulpatra

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको सचिव भानुभक्त ढकालले जानकारी दिएका छन् ।

पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको विरोध गर्दै आन्दोलनको घोषणा गरेको जनाएको छ ।

mulpatra mulpatra mulpatra

जसअनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

त्यस्तै वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने, वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।