Close

Recent Posts

भोलि देखि एसईई परिक्षा, देशभरबाट ५ लाख १२ हजार ४ सय २१ जना परिक्षार्थी सहभागी हुने

भोलि देखि एसईई परिक्षा, देशभरबाट ५ लाख १२ हजार ४ सय २१ जना परिक्षार्थी सहभागी हुने
  • १८ चैत्र २०८२, बुधबार १०:३२

काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखि सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरबाट ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

mulpatra

२ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। कार्यालयका अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् ।

त्यस्तै केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुनेछ ।

mulpatra mulpatra mulpatra

चैत १९ देखि सुरु हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजे सम्म सञ्चालन हुनेछ । परिक्षा २९ गते सकिने छ ।