विपदमा दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने
काठमाडौं । विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने गृहमन्त्री सुधन गुरुङले बताएका छन्।

बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भएको छलफलमा गृहमन्त्री गुरुङले विपद्मा परेका नागरिकको तत्कालै उद्धार गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिएका हुन्।
उनले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको उद्धारमा खटिएकामा धन्यवाद समेत व्यक्त गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
सो क्रममा गृहमन्त्री गुरुङले आम नागरिकको जीउ ज्यानभन्दा ठूलो पैसा नभएको उल्लेख गर्दै आपत् विपद्मा परेका नागरिकको सेवा सुरक्षा गर्नका लागि नेपाल सरकार, गृहमन्त्रालयलगायत सुरक्षार्मीहरु तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन्।



