रास्वपा सभापति रवि लामिछाने आज भारत भ्रमण जाँदै
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदैछन । भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम तय भएको छ ।

भारतीय जनता पार्टीको विदेश विभागले जारी गरेको सूचनाअनुसार लामिछाने नेतृत्वको टोलीले भारतको नयाँदिल्लीमा भाजपा अध्यक्षसहित वरिष्ठ नेताहरूसँग औपचारिक भेटवार्ता गर्नेछ । भ्रमणको उद्देश्य दुई दलबीच संवाद विस्तार, संगठनात्मक अनुभव आदानप्रदान तथा लोकतान्त्रिक अभ्यासबारे छलफल रहेको जनाइएको छ ।
रास्वपाका अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ । लामिछानेले भाजपा नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नेछन् । अयोध्या भ्रमणसमेत कार्यतालिकामा समावेश गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य समेत लामिछानेसँगै भारत जानेछन् ।
पार्टी प्रवक्ता मनीष झाले जारी गरेको जानकारीअनुसार नयाँदिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ ।
रास्वपाले यस भ्रमणबाट नेपाल–भारत सम्बन्ध थप सुदृढ हुनुका साथै दुई देशका राजनीतिक दलबीचको संवाद र सहकार्य विस्तारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



