बजेट सानो आकार भएपनि महत्त्वाकांक्षी होइन: अर्थमन्त्री

बजेट सानो आकार भएपनि महत्त्वाकांक्षी होइन: अर्थमन्त्री
  • १७ जेष्ठ २०८३, आईतवार १५:५०

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सानो आकारको रहेको र महत्त्वाकांक्षी नभएको दाबी गरेका छन् ।

mulpatra

बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वाञ्छित सीमाभित्र नै बजेट आएको दाबी गरे । बजेटलाई कुल गार्हस्थ उत्पादन अनुपातसँग तुलना गरेर हेर्नुपर्ने उनले बताए ।

विगतमा कुल गार्हस्थ उत्पादनका आधारमा ३७ प्रतिशत बराबरसम्मको बजेट आकार आएको उल्लेख गर्दै उनले यो पटक प्रक्षेपित बजेटको २८.५ प्रतिशत हाराहारी मात्रै बजेटको आकार रहेको उल्लेख गरे ।

mulpatra mulpatra mulpatra

‘अहिले जुन हल्ला फैलिएको छ कि बजेट ठूलो आयो, होइन बजेट सानो हो, प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्बको सापेक्षतामा २८.५ प्रतिशत बराबर बजेट आएको छ’ उनले भने । भूकम्पपछिका बजेट जीडीको ३० प्रतिशतमाथि आउने गरेकोमा अहिले त्यो ट्रेन्ड भत्काइएको उनले बताए । राज्यको क्षमता अनुकूलतामा बजेट आएको उनको दाबी छ ।

अहिले मुलुकको ऋण आकार जीडीपीको ४३ प्रतिशत हाराहारी रहेको उल्लेख गर्दै उनले यो पटक ४ खर्ब १० अर्ब आन्तरिक ऋण र २ खर्ब ४७ अर्ब वाह्य ऋणको लक्ष्य लिइएको बताए । यो ऋण पहिले लिएको ऋण तिर्नमा समेत खर्च हुने गरेको उनले बताए । हालसम्म ऋणको आकार २९ खर्ब ७५ अर्ब रहेको वाग्लेले जानकारी दिए ।