Close

Recent Posts

नयाँ वर्षदेखि काठमाडौँमा रात्रिकालिन बस

नयाँ वर्षदेखि काठमाडौँमा रात्रिकालिन बस
  • १९ चैत्र २०८२, बिहीबार २०:५८

काठमाडौं– नयाँ वर्षदेखि काठमाडौंमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । महानगरले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रातको समयमा पनि सार्वजनिक बस चलाउन लागेको हो ।

mulpatra

महानगरका अनुसार यस्ता बस राति ८ बजेदेखि ११ बजेसम्म दुईटा रुटमा चल्नेछ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानिलकण्ठसम्म एउटा रुट हुनेछ । यस्तै, थानकोटदेखि सतुंगल, कंलकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, मीनभवन, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म अर्को रुट रहेको छ ।

यी दुई रुटमा चार वटा रात्रिकालिन विद्युतीय बस सञ्चालन हुने महानगरले जनाएको छ । तोकिएको रुटका स्टपमा हरेक २० मिनेटको अन्तरमा बस आउने र बसमा सीसीटिभी क्यामेरा जडानसँगै नगर प्रहरीसमेत रहने जनाइएको छ ।

mulpatra mulpatra mulpatra

महानगरले यो सेवा अन्य साझेदारहरु पनि सहभागी हुन चाहेमा सहकार्य खुला रहेको जानकारी पनि दिएको छ ।

राति ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा यात्रुलाई सकससँगै महँगोमा यात्रा गर्नुपर्ने बाध्यता रहेकोले यो सेवा शुरु गर्न लागेको कार्यवाहक मेयर सुनिता डंगोलले बताइन् ।

उनले भनिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ । त्यसमा पनि किशोरी र महिलाहरुले दुव्र्यवहार भोग्नुपरेको छ । विद्यार्थीलाई आर्थिक रुपमा धेरै मर्का छ । यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौँ ।’

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com