८ महिनामा १४ खर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ । चालु आर्थिक बर्ष २०८२÷०८३ को शुरुवाति महिना साउनदेखि फागुन मसान्तसम्म १४ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । आठ महिनामा भित्रिएको रेमिट्यान्स हेर्दा यो बर्ष २० खर्ब बढ्ने देखिएको छ । यो नेपालको कुल बजेट भन्दा बढी हो ।

रेमिट्यान्स यो तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसारको हो । यसले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७.७ प्रतिशत बढी रेमिट्यान्स देखाएको छ । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको फागुनमा १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ ।
![]() |
![]() |
![]() |
|---|



