१५ दिनमा १५ रुपैयाँ बढ्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बिहिबार बसेको बैठकले मध्यरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ बढाउने निर्णय गरेको हो।

युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य निकै उच्च रहेकाले स्वचालित प्रणालीअनुसार मात्र मूल्य समायोजन गर्न नसकिएको निगमले प्रष्ट पारेको छ।
घाटा चुलिँदा आईओसीलाई तोकिएको समयमै भुक्तानी दिन नसक्ने र त्यसले इन्धनको आपूर्ति शृङ्खला नै प्रभावित हुने जोखिम बढेपछि बाध्य भएर मूल्य बढाउनुपरेको निगमले दाबी गरेको छ।
![]() |
![]() |
![]() |
|---|



