Close

Recent Posts

निकोलस पाण्डे निर्माण व्यवसायी महासंघको अध्यक्षमा विजयी

निकोलस पाण्डे निर्माण व्यवसायी महासंघको अध्यक्षमा विजयी
  • २० चैत्र २०८२, शुक्रबार १०:०३

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा ५ सय १४ मत प्राप्त गरि निकोलश पाण्डे विजयी भएका छन् । प्रतिस्पर्धी आङ दोर्जी लामाले भने ४ सय १३ मत प्राप्त गरे ।

mulpatra

यस्तै, वरिष्ठ उपाध्यक्षमा रोशन दाहाललाई हराउँदै रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन्। महासचिवमा बलिभद्र रानालाई हराउँदै शिवहरि घिमिरे ५२७ मत ल्याएर विजयी भए बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत पाए।

कालिका कन्स्ट्रक्सनका निर्देशक रहेका पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याका लागि सरकारसँग बहस गर्ने र सार्वजनिक खरिद ऐनका दफा खारेजका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

mulpatra mulpatra mulpatra

कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भए ।

नीतिगत उपमहासचिवमा मङ्गल शाही विजयी भए । आन्तरिक उपमहासचिवमा सन्तोष शाह, महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी भए भने कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी भए । सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन् ।