Close

Recent Posts

कलाकार बलेलाई यौन शोषणको आरोप

कलाकार बलेलाई यौन शोषणको आरोप
  • २० चैत्र २०८२, शुक्रबार १०:४३

काठमाडौं– कलाकार सागर लम्साल ‘बले’ गम्भीर आरोपमा मुछिएका छन् । अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जालमार्फत उनीमाथि जबर्जस्ती सम्बन्ध राखेको आरोप लगाएकी हुन् ।

mulpatra

एक वर्षअघि बले अमेरिका आएको बेला आफ्नो अपार्टमेन्टमै जबर्जस्ती गरेको युवतीको दाबी छ ।

आफू सानै उमेरदेखि डिप्रेसन र एन्जाइटी डिसअर्डरसँग जुधिरहेको बेला दाइ मानेको व्यक्तिबाट घृणित कार्य भएको उनले लेखेकी छन् ।

mulpatra mulpatra mulpatra

‘कुरा गर्दै जाँदा उहाँले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, आफ्नै दाइझैँ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको विषय आयो। मैले आफ्ना सबै पीडा, संघर्ष–रुँदै, बताउँदै, कति गाह्रो भइरहेको छ भनेर सुनाएँ। तर मलाई थाहा थिएन– जसलाई मैले दाइ मानेकी थिएँ, जसलाई हाम्रो परिवारले पनि आफ्नै मान्थ्यो, त्यो मान्छे वास्तवमा राक्षस रहेछ । म बलात्कृत भएँ’, उनले लेखेकी छिन् ।

परिवारलाई आफूले भन्न चाहे पनि त्यो अवस्थामा परिवार नै टुट्छ कि भन्ने डर लागेको उनको भनाइ छ ।

कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ? भन्दै उनले बलेलाई ट्याग गरेर प्रश्न गरेकी छन् ।

Image Source: © https://mulpatra.com

आरोप लगाउने युवती फिल्मकर्मी परिवारकै सदस्य र स्वयं प्रतिभाशाली कलाकार हुन् । उनलाई नजिकबाट चिन्ने एक कलाकारले युवती असल र सरल स्वभावकी भएकाले झूटो बयान दिएको जस्तो नलागेको बताए ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com