Close

Recent Posts

इरानको दावीः दुई अमेरिकी लडाकू विमान खसालियो

इरानको दावीः दुई अमेरिकी लडाकू विमान खसालियो
  • २१ चैत्र २०८२, शनिबार १२:४८

इरानले दुई अमेरिकी सैनिक विमान नष्ट गरेको छ । शुक्रबार इरानले दुई सिटे एफ–१५ ई स्ट्राइक इगल लडाकु विमान इरानभित्र खसालेको दाबी गरेको हो।

mulpatra

आक्रमणमा परेको विमानबाट एक चालक उद्धार गरिएको छ भने अर्का एक जना हराइरहेका छन् । बेपत्ता रहेका एफ–लडाकू विमानका चालकलाई खोजी गर्नका लागि दुइटा ब्ल्याकहक हेलिकप्टर परिचालन गरिएको थियो। यद्यपि त्यसमा समेत इरानी हमला भएपछि फर्किएको रोयटर्सले जनाएको छ।

अमेरिकाले १५ दिनको समय सिमा दिएपनि इरानले क्षेत्रका विभिन्न लक्ष्यमा प्रहार जारी राखेको छ, जसले इजरायल र गल्फका छिमेकी देशहरूमा दबाब कायम राखेको छ ।

mulpatra mulpatra mulpatra

इरानको सरकारी समाचार एजेन्सीले सो विमानको पाइलट जीवित रहने सम्भावना न्यून रहेको जनाएको छ।

गत महिना पनि इरानले एउटा एफ–३५ लडाकू विमान खसालेको दाबी गरेको थियो।

इरानले दोस्रो एफ(३५ लडाकू विमान खसालेको बारे अमेरिकाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com