Close

Recent Posts

निर्यात प्रवर्द्धनका लागि फिनले गरायो सरकारको ध्यानाकर्षण

निर्यात प्रवर्द्धनका लागि फिनले गरायो सरकारको ध्यानाकर्षण
  • २१ चैत्र २०८२, शनिबार ०७:४०

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले आफ्नो छैटौँ वार्षिक साधारण सभा सम्पन्न गर्दै निर्यात क्षेत्रको प्रवर्द्धन, विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि सरकारको ध्यानाकर्षण गराएको छ। कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य गणेश पराजुली ले गरेका थिए।

mulpatra

सभामा सहभागी निर्यात व्यवसायीहरूले देशको घट्दो अर्थतन्त्रलाई उकास्न निर्यातमुखी नीतिहरू अपरिहार्य रहेको औंल्याउँदै स्पष्ट नीतिगत व्यवस्था, स्थिर कर प्रणाली र पर्याप्त बजेट विनियोजनको माग गरेका छन्। उनीहरूले कुल निर्यातको कम्तीमा १ प्रतिशत रकम निर्यात क्षेत्रको विकासमा लगानी गर्नुपर्ने धारणा राखे।

महासंघका अध्यक्ष गोविन्द्र प्रसाद घिमिरे ले प्रमुख अतिथि मार्फत सरकारसमक्ष ८ बुँदे माग प्रस्तुत गर्दै लगानी वृद्धि, निर्यात जन्य वस्तुको करको र कच्चा पदार्थको भन्सार दर सहुलियत हुनु पर्ने कुरा उठाएका छन् । उत्पादनको गुणस्तर अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला नेपालमै स्थापना गर्न, दक्ष जनशक्ति उत्पादनका लागि सीप विकास कार्यक्रम सञ्चालन गर्न समेत उनले जोड दिए । साथै स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई मूल्य अभिवृद्धि करमा सहुलियत र स्वदेशी उत्पादनमा अन्तःशुल्क शून्य गर्नुपर्नेमा उनको जोड थियो ।

mulpatra mulpatra mulpatra

कार्यक्रममा व्यवसायीहरूले निर्यात क्षेत्रको दिगो विकासका लागि नीतिगत स्पष्टता र कार्यान्वयनमुखी पहल आवश्यक रहेको बताएका छन्। नवगठित सरकारको १०० दिने कार्यसूचीमा उद्योग तथा निर्यात सहजीकरणलाई प्राथमिकता दिइएकोमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

निर्यातमा दिइँदै आएको नगद अनुदानलाई निरन्तरता दिनुपर्ने मागसमेत उठाइएको थियो। उद्घाटन सत्रमा सांसद पराजुलीले व्यवसायीका केही मागहरू सरकारको कार्यसूचीमा समावेश भइसकेको उल्लेख गर्दै कच्चा पदार्थको भन्सार दर घटाउने प्रस्ताव ल्याउन आग्रह गरे। उनले सरकार घोषणाभन्दा कार्यान्वयनमा केन्द्रित रहेको पनि बताए।

अध्यक्ष घिमिरेले उत्पादनको गुणस्तर अभिवृद्धिका लागि अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्थापना, दक्ष जनशक्ति उत्पादनका लागि सीप विकास कार्यक्रम सञ्चालन तथा कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरक गर्नुपर्ने आवश्यकता औंल्याए। साथै स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई मूल्य अभिवृद्धि करमा सहुलियत र स्वदेशी उत्पादनमा अन्तःशुल्क शून्य गर्नुपर्ने उनको भनाइ थियो।

Image Source: © https://mulpatra.com

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ ले निर्यातमैत्री नीति अवलम्बन गरिए अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरे। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन कुमार श्रेष्ठ ले सरकारको १०० दिने कार्यसूची कार्यान्वयनले अर्थतन्त्र सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, महासंघका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगी ले काठमाडौंमा आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना, विदेशमा हुने व्यापार मेला तथा प्रदर्शनीमा सहभागिताका लागि बजेट सुनिश्चितता र नेपाली मौलिक उत्पादनको ‘कलेक्टिभ ट्रेडमार्क’ प्रवर्द्धनमा सरकारी सहयोग आवश्यक रहेको बताए।

अन्य वक्ताहरूले उच्च ढुवानी खर्च, नीतिगत अस्थिरता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका चुनौती समाधान गर्न सरकार–निजी क्षेत्र सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका निर्यातकर्ता व्यवसायीहरूलाई सम्मानसमेत गरिएको थियो। वि.सं.२०७८ मा स्थापना भएको महासंघमा हाल २८ वस्तुगत संघसंस्था र १०६ भन्दा बढी ठूला निर्यातकर्ता आबद्ध छन् भने करिब ३५०० घरेलु निर्यात उद्यमी प्रतिनिधित्व हुँदै आएका छन्।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com