आफ्नो होटलमा डोजर चलेपछि कर्ण शाक्यको प्रश्न– अधिग्रहण नगरी भत्काउन मिल्छ ?
काठमाडौं– पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।

शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै नियम उल्लङ्घन नगरेको दाबी गरेका हुन् ।
‘जग्गा मिचेको छैन । लालपुर्जा छ, नक्सा पास छ । पर्यटन विभागको लाइसेन्स छ । उद्योग विभागको प्रमाणपत्र छ । राष्ट्र बैंकको इजाजतपत्र सबै छ । हरेक वर्ष कर तिरेका छौं । कुनै बैकको ऋण छैन’, उनले थप लेखेका छन्, ‘एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौँ । तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन ?’
![]() |
![]() |
![]() |
|---|
शाक्यले लेकसाइडमा वाटर फ्रन्ट होटल सञ्चालनमा ल्याएका थिए । यो होटेलको संरचना फेवा तालको क्षेत्रभित्र पर्ने भन्दै शनिबार महानगरपालिकाले केही संरचना हटाएको थियो ।
शाक्यले कुनै सूचनाबिनै संरचना हटाएको भन्दै आपत्ति पनि जनाएका छन् । तर, यसअघि नै पटक–पटक महानगरपालिकाले त्यस क्षेत्रमा नयाँ संरचना नबनाउन र बनाएका संरचना हटाउन अनुरोध गर्दै आएको थियो । बेलाबेला केही संरचना हटाउनेसमेत गरेको थियो ।
फेवातालको ६५ मिटरको मापदण्ड तोकिएको छ । त्यस क्षेत्रभित्र पर्ने संरचना हटाउन अदालतले आदेश दिइसकेको छ । त्यसपछि व्यवसायी अदालत गएका थिए । तर, अदालतले स्टेअर्डर नदिएपछि महानगरपालिकाले संरचना हटाउन सुरु गरेको हो ।
Image Source: © https://mulpatra.com
नयाँ सरकारले पनि १०० दिने कार्यसूचीमा फेवातालका अनधिकृत संरचना हटाउने विषय उल्लेख गरेको छ । त्यसको लगत्तै पोखरा महानगरपालिकाले संरचना हटाउन थालेको हो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



