डोरप्रसाद अर्याल बने निर्बिरोध सभामुख
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । सभामुखको उम्मेदवारीमा अन्य कसैले दावी नगरेकाले अर्याल निर्विरोध निर्वाचित भएका हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री डा।स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल समर्थक रहेका थिए ।
आज बसेको प्रतिनिधिसभामा प्रस्तावक र समर्थकले समर्थन गर्दै आफ्नो कुरा राखेपछि प्रतिनिधिसभा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख भएको घोषणा गरेका हुन् ।
![]() |
![]() |
![]() |
|---|



