Close

Recent Posts

बालेन सरकारले डिजेल–पेट्रोल गाडीलाई ईभी बनाउन कानुन फेर्ने निर्णय

बालेन सरकारले डिजेल–पेट्रोल गाडीलाई ईभी बनाउन कानुन फेर्ने निर्णय
  • २२ चैत्र २०८२, आईतवार २०:१६

काठमाडौं– नेपालमा गुडिरहेका पुराना डिजेल तथा पेट्रोल गाडीहरूलाई विद्युतीय गाडी (इभी) मा रूपान्तरण गर्न लामो समयदेखि देखिएको कानूनी गाँठो फुक्ने भएको छ ।

mulpatra

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा परिणत गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने महत्त्वपूर्ण निर्णय गरेको हो ।

सांसद महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रले यसअघि नै जैविक इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा परिणत गर्ने काम परीक्षण गरेको थियो। त्यो सफल भएको थियो ।

mulpatra mulpatra mulpatra

नेपालमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सवारीको स्वरूप परिवर्तनलाई कडा निषेध गरेको छ। यही कानूनी अड्चनका कारण प्राविधिक रूपमा सम्भव भए पनि हजारौँ इन्धन गाडीहरू कबाडीमा परिणत हुने अवस्थामा थिए ।

यसअघि धेरैपटक राजपत्रमा सूचना प्रकाशित गरेर यस्तो रूपान्तरणलाई अनुमति दिने प्रयास भए पनि यातायात व्यवस्था नियमावलीमा स्पष्ट कार्यविधि नहुँदा ’रेट्रोफिटिङ’ गर्नेहरूले नम्बर प्लेट र ब्लुबुक नवीकरणमा ठूलो सास्ती खेप्दै आएका थिए ।

सरकारको यो निर्णय कार्यान्वयन गर्न अब यातायात व्यवस्था विभागले छुट्टै ’रेट्रोफिटिङ कार्यविधि’ बनाउनुपर्ने हुन्छ । यदि प्रक्रिया सहज भयो भने नेपालमा चल्ने थोत्रा ग्यारेजमा थन्किएका गाडीहरूले नयाँ जीवन पाउनेछन् ।

Image Source: © https://mulpatra.com

यसले एकातिर वातावरण प्रदूषण घटाउनेछ भने अर्कोतिर महँगो इन्धन आयातमा हुने अर्बौँ रुपैयाँ बाहिरिनबाट जोगाउनेछ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com