ओली र लेखकको प्रत्यक्षीकरणको रिटमा सरकारी पक्षका वकिलहरुले आज बहस गर्दै
काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ हुँदै छ ।
हिजो आइतबार न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा भएको सुनुवाइमा निवेदक पक्षका वकिलहरूको सकिएको थियो सरकार पक्षको बहस गर्ने समय नभएपछि हेर्दा हेर्दैमा राखेर आज सरकार पक्षको बहस हुने भएको छ ।

निवेदक पक्षका कानुन व्यवसायीले पक्राउको कानुनी र संवैधानिक आधार नरहेको तर्क गरेका थिए।
ओलीलाई शनिवार पक्राउ गरेपछि आइतबार ओलीका तर्फबाट राधिका शाक्यले निवेदन दर्ता गराएकी थिइन्। यसै गरी गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाइको माग गर्दै दर्ता भएको पूर्व गृहमन्त्री लेखकको रिट यशोधा लेखकले निवेदन दर्ता गराएकी थिइन्।
![]() |
![]() |
![]() |
|---|



