Close

Recent Posts

अमेरिका–इरानबिच ४५ दिनको लागि युद्धविराम ! तनावमा इजरायल

अमेरिका–इरानबिच ४५ दिनको लागि युद्धविराम ! तनावमा इजरायल
  • २३ चैत्र २०८२, सोमबार १०:५५

काठमाडौं– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएसँगै दुई देशबीच ४५ दिने युद्धविराम हुन सक्ने चर्चा चुलिएको छ ।

mulpatra

ट्रम्पले मंगलबारसम्मको समय दिँदै यदि इरानले होर्मुज जलडमरूमध्य नखोलेमा अमेरिकाले ठूलो विनाश मच्चाउने र त्यहाँको तेलमा नियन्त्रण जमाउने बताएका थिए ।

यसैबीच, एक्सियोसको एक प्रतिवेदनमा अमेरिका र इरानबीच युद्धविरामका लागि कूटनीतिक पहल भइरहेको उल्लेख गरिएको छ । उक्त प्रतिवेदनले चार स्रोतलाई उद्धृत गर्दै पाकिस्तान, मिस्र र टर्कीमार्फत अप्रत्यक्ष संवाद भइरहेको जनाएको छ ।

mulpatra mulpatra mulpatra

साथै, अमेरिकी दूत स्टीव विटकॉफ र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच गोप्य सन्देश आदान–प्रदान भइरहेको पनि जनाइएको छ।

प्रतिवेदनअनुसार आगामी ४८ घण्टाभित्र सहमति हुने सम्भावना कम भए पनि यसलाई युद्ध थप चर्किन नदिन गरिएको अन्तिम प्रयासका रूपमा हेरिएको छ ।

यता, राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा थप २४ घण्टा बढाएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले मंगलबार राति ८ बजेसम्मको नयाँ समयसीमा तोकेको जानकारी दिएका छन् ।

Image Source: © https://mulpatra.com

यसअघि उनले कडा चेतावनी दिँदै लेखेका थिए, ‘मंगलबार इरानमा विद्युत् केन्द्र र पुल ध्वस्त हुने दिन एकैपटक आउनेछ। यस्तो पहिले कहिल्यै भएको छैन । होर्मुज खोल, नत्र नरक भोग्नुपर्नेछ ।’

डोनाल्ड ट्रम्पले द वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा अमेरिका बलियो अवस्थामा रहेको दाबी गर्दै इरानलाई पुनर्निर्माण गर्न २० वर्षसम्म लाग्न सक्ने बताएका छन् ।

उनले चेतावनी दिँदै भने, ‘यदि उनीहरू भाग्यमानी भए र देश नै जोगियो भने मात्र पुनर्निर्माण सम्भव हुन्छ । मंगलबार साँझसम्म केही नगरे त्यहाँ कुनै विद्युत् केन्द्र वा पुल बाँकी रहनेछैन ।’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com