Close

Recent Posts

राश्वपाका सभापति र २ मन्त्री भेट्दा प्रधानमन्त्रीले अमेरिकी विदेश सहायक मन्त्री कपुरलाई भेट दिएनन्

राश्वपाका सभापति र २ मन्त्री भेट्दा प्रधानमन्त्रीले अमेरिकी विदेश सहायक मन्त्री कपुरलाई भेट दिएनन्
  • ९ बैशाख २०८३, बुधबार १४:१९

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपूरलाई भेट दिएका छैनन् ।

mulpatra

अमेरिकी सहायक विदेशमन्त्री कपूरको आज नेपाल भ्रमण सम्पन्न भएको छ । भ्रमणका क्रममा कपूरले उच्चस्तरीय भेटवार्ता गरेका छन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतसँग भेट गरे पनि कपूरले प्रधानमन्त्री शाहसँग भने भेट गर्न पाएनन् । नेपालस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमा राखेको तस्बिर र पोस्टमा प्रधानमन्त्री शाहसँगको भेट भएको बारे खुलाएको छैन ।

सहायक विदेशमन्त्री कपूरले नेपाल–अमेरिका साझेदारी सुदृढ गर्ने र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । यसअघि, कुनै पनि विदेश प्रतिनिधि मण्डल तथा व्यक्ति आउँदा प्रधानमन्त्रीलाई बालुवाटार वा सिंहदरबारमा पुगेर भेट गर्ने गर्दथे ।

mulpatra mulpatra mulpatra

नेपाल भ्रमणका क्रममा कपूरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

भारतीय मूलका अमेरिकी सहायक विदेशमन्त्री कपूर वैशाख ७ गते काठमाडौं आएका थिए । रास्वपाका वरिष्ठ नेता शाह नेतृत्वको सरकार बनेपछि कपूर काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन् । कपुर यसअघि बंगलादेशमा पनि नयाँ सरकार गठन लगत्तै पुगेका थिए । गत मार्चमा गएका कपुरले अन्य मन्त्रीहरुलाई भेटे पनि प्रधानमन्त्री तारिक रहमानलाई भने भेटेका थिएनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ अक्टोबरमा दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुकलाई हटाएर सुरक्षा मामिला विज्ञ कपुरलाई नियुक्त गरेका थिए।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com