नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक जारी

नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक जारी
  • २३ चैत्र २०८२, सोमबार १२:३६

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो ।

mulpatra

बैठकले भरखरै सम्पन्न प्रतिनिधिसभा निर्वाचन परिणाममा पार्टीको स्थितिबारे समीक्षा हुने र पार्टीको आगामी योजना तय गर्नेछ। यसअघि कार्यसंयोजन समितिको बैठक बिहीबार बसेको थियो। बिहीबार बसेको बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए ।

बैठकमा समीक्षात्मक प्रतिवेदन प्रत्येक सदस्यलाई अध्ययनका लागि दिइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।

mulpatra mulpatra mulpatra