तालिमी कामदारलाई न्यूनतम पारिश्रमिक दिन श्रम मन्त्रालयको सारोकारवाला निकायलाई आग्रह
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिमी कामदारलाई श्रम ऐनअनुसार तलबसहित अन्य सेवा–सुविधा उपलब्ध गराउन सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।

श्रम मन्त्रालयले एक विज्ञप्ती जारी गदै तालिमी (ट्रेनिङ) कामदारलाई श्रम ऐनअनुसार तलब, बीमा तथा अन्य सेवा–सुविधा सुनिश्चित गर्न श्रम मन्त्रालयले सरोकारवाला निकायहरूलाई आग्रह गरेको हो ।
मन्त्रालयले तालिमका नाममा श्रमिकको शोषण हुन नदिन सबै पक्षलाई जिम्मेवार बन्न पनि आह्वान गरेको विज्ञप्तीमा भनिएको छ ।
![]() |
![]() |
![]() |
|---|




