निर्जीवन बीमकको सर्वाधिक व्यापार मोटर बीमामा देखियो
काठमाडौं– निर्जीवन बीमकको सर्वाधिक व्यापार मोटर बीमामा देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा निर्जीवन बीमकहरूले २८ अर्ब २७ करोड ४६ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका हुुन् ।

त्यसमध्ये १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले मोटर बीमातर्फ ९ अर्ब १५ करोड ९९ लाख रुपैयाँ व्यापार भित्र्याउका छन् ।
यो अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिको तुलनामा १९.९५ प्रतिशतले बढी हो । गत आवको यही अवधिसम्म कम्पनीहरूले मोटर बीमामार्फत ७ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । कम्पनीहरूको दोस्रो धेरै व्यापार सम्पत्ति बीमातर्फ देखिएको छ ।
![]() |
![]() |
![]() |
|---|
गत आवको माघसम्ममा कम्पनीले सम्पत्ति बीमातर्फ ६ अर्ब ३३ करोड ४५ लाख रुपैयाँको व्यापार ल्याएकोमा समीक्षा अवधिसम्म ६.९८ प्रतिशतले बढेर ६ अर्ब ७७ करोड ६९ लाख रुपैयाँ भित्र्याएका छन् ।
यसैगरी तेस्रो धेरै व्यापार कम्पनीहरूले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत भित्र्याएका छन् । चालु आवको माघसम्ममा यो क्षेत्रबाट कम्पनीले ४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
जुन गत आवको सोही अवधिको तुलनामा २५.११ प्रतिशतले बढी हो । गत आवको माघसम्ममा कम्पनीहरूले यो क्षेत्रबाट ३ अर्ब ६१ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।
Image Source: © https://mulpatra.com
चालु आवको माघसम्म कम्पनीहरूले विविध बीमातर्फ ३ अर्ब ६ करोड ९० लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ १ अर्ब ७४ करोड १३ लाख रुपैयाँ, हवाई बीमातर्फ १ अर्ब २८ करोड १६ लाख रुपैयाँ, कृषि तथा बाली बीमातर्फ ९८ करोड २८ लाख रुपैयाँ र लघु बीमातर्फ ७४ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
गत आवको माघसम्ममा कम्पनीहरूले विविध बीमातर्फ २ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ १ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ, हवाई बीमातर्फ १ अर्ब ३५ करोड ५० लाख रुपैयाँ, कृषि तथा बाली बीमातर्फ ९६ करोड ४७ लाख रुपैयाँ र लघु बीमातर्फ ५१ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।
गत आवको माघसम्मको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीहरूको व्यापार विविध बीमातर्फ ७.४९ प्रतिशत, सामुद्रिक बीमातर्फ १९.६२ प्रतिशत, कृषि तथा बाली बीमातर्फ १.८७ प्रतिशत र लघु बीमातर्फ ४५.१२ प्रतिशतले बढेको छ भने हवाई बीमातर्फ ५.४२ प्रतिशतले घटेको छ ।
चालु आवको माघसम्म कम्पनीहरूको कुल व्यापारमा मोटर बीमाको सर्वाधिक ३२.४० प्रतिशत देखिएको छ । यसैगरी कुल व्यापारमा सम्पत्तितर्फ २३.९७ प्रतिशत, इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ १५.९८ प्रतिशत, विविधतर्फ १०.८५ प्रतिशत, सामुद्रिकतर्फ ६.१६ प्रतिशत, हवाईतर्फ ४.५३ प्रतिशत, कृषि तथा बालीतर्फ ३.४८ प्रतिशत र लघुतर्फ २.६४ प्रतिशत रहेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



