अर्थमन्त्रीको आश्वासनपछि ह्वात्तै बढ्यो सेयरबजार
काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक सुधार देखिएको छ ।

अघिल्लो दिन १०५.५० अंकको भारी गिरावट खेपेको सेयर बजार मापक नेप्से परिसूचक आज ८३.३३ अंक (३.११ प्रतिशत) ले बढेर २७६०.०२ विन्दुमा पुगेको छ ।
आज कारोबार भएका १३ वटै उपसमूहका सूचकहरूमा हरियाली छाएको छ। जसमध्ये जलविद्युत् र फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण सबैभन्दा उच्च देखियो, यी समूह क्रमशः ४.५९ र ४.०३ प्रतिशतले बढेका छन् ।
![]() |
![]() |
![]() |
|---|
यस्तै, विकास बैंक ३.६३, लगानी ३.३३, होटल तथा पर्यटन ३.२४ र बैंकिङ समूह ३.१८ प्रतिशतले उकालो लागेका छन्।
बजारमा उत्साह फर्किए पनि कारोबार रकममा भने केही संकुचन आएको छ। दिनभर भएका १ लाख ४१ हजार ३६ पटकको कारोबारमार्फत ३४५ कम्पनीका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर कुल १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँमा खरिद–बिक्री भएका छन्।
बजार समग्रमा सकारात्मक लयमा रहँदा २६४ कम्पनीको सेयर मूल्य बढेको छ। यस क्रममा ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ भने अन्य ६ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
Image Source: © https://mulpatra.com
यद्यपि, बजारमा हरियाली छाएको दिन पनि भगवती हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सामान्य नोक्सानी व्यहोर्नु परेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



