रोशीका अवैध क्रसर बन्द गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । काभ्रेििस्थत रोशी खोलाको स्थलगत निरिक्षणमा गएका गृहमन्त्री सुधन गुरुङले रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर बन्द गर्न निर्देशन दिएका छन्।

गिट्टि बालुवा उत्खनन गरेर बाढी पहिरो गएको कारण देखाउँदै गुरुङले क्रसर बन्द गर्न निर्देशन दिएका हुन।
राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको भन्दै उनले सबै क्रसर बन्द गर्ने समेत बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
गतबर्ष आएको बाढिका कारण विपी राजमार्गको करिब १२ कि.मि. सडक पूर्ण रुपमा क्षतिग्रत भएको थियो । हालसम्म पनि बनाउन नसक्दा उक्त खण्ड पानी पर्ने वित्तिकै बन्द हुँदै आएको छ ।
बाढी र यातायात समस्याका कारण स्थानीयले सास्ती खेप्नुपरेको गुनासो आएपछि गुरुङ आज उक्त क्षेत्रको प्रत्यक्ष अवलोकनका लागि निस्किएका थिए।



