स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट शुल्क उठाउँदै इरान र ओमान
काठमाडौं–अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक महत्त्वपूर्ण जानकारी सार्वजनिक भएको छ ।

एजेन्सी प्रेस (एपी) समाचार एजेन्सीको रिपोर्टअनुसार स्ट्रेट अफ होर्मुजबाट गुज्रिने जहाजहरूबाट इरान र ओमानले शुल्क असुल्न पाउने भएका छन् ।
एजेन्सीको रिपोर्टमा एक पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै यो प्रावधान युद्धविराम सम्झौताको हिस्सा भएको उल्लेख गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
ती पाकिस्तानी अधिकारी प्रत्यक्ष वार्तामा संलग्न थिए । पहिचान सार्वजनिक नगर्ने सर्तमा उनले यसबारेमा जानकारी दिएका हुन् ।
रिपोर्टअनुसार, इरानले यस शुल्कबाट प्राप्त रकम युद्धका क्रममा भएको क्षतिको पुनर्निर्माणमा प्रयोग गर्नेछ। ओमानले भने उक्त रकम कसरी प्रयोग गर्ने भन्ने स्पष्ट भएको छैन ।
होर्मुज जलडमरूमध्यमा इरान र ओमान दुवैको क्षेत्रीय अधिकार भएकाले त्यहाँबाट गुज्रिने जहाजबाट शुल्क लिने अनुमति दिइएको हो ।
Image Source: © https://mulpatra.com
दुई हप्तासम्म खुला रहने होर्मुज
अमेरिका र इरानबीच भएको युद्धविरामअनुसार आगामी दुई हप्तासम्म होर्मुज जलडमरूमध्य खुला रहनेछ। इरानका विदेशमन्त्रीले यस अवधिमा जहाजहरूको सुरक्षित आवागमन इरानी सेनाको सहयोगमा सुनिश्चित गरिने बताएका छन् ।
यसको अर्थ, होर्मुजबाट हुने आवागमन ‘कन्ट्रोल्ड ट्रान्जिट’ अन्तर्गत सञ्चालन हुनेछ ।
युद्धका क्रममा यस समुद्री मार्गमा जहाज आवागमन लगभग ठप्प भएको थियो। अब पुनः सञ्चालनमा आउँदा आपूर्ति प्रणाली सामान्य हुने अपेक्षा गरिएको छ ।
इरानको प्रस्तावअनुसार, यस मार्गबाट गुज्रिने प्रत्येक जहाजबाट करिब २० लाख डलर शुल्क लिइनेछ, जसलाई ओमानसँग बाँडफाँट गरिनेछ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खोल्नुपर्ने शर्त राखेका थिए, जसपछि मात्र यो युद्धविराम सम्भव भएको बताइएको छ ।
होर्मुज खोल्ने निर्णयको प्रभाव अन्तर्राष्ट्रिय बजारमा पनि देखिएको छ । तेलको मूल्यमा करिब १५–१६ प्रतिशतसम्म गिरावट आएको छ ।
यद्यपि, विज्ञहरूका अनुसार यो व्यवस्था अस्थायी हो र समग्र परिस्थितिबारे अनिश्चितता अझै कायम नै छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



