Close

Recent Posts

मानव अधिकार आयोगमा आएका अहिलेसम्मका प्रतिवेदन अध्ययन गरिनेः प्रधानमन्त्री

मानव अधिकार आयोगमा आएका अहिलेसम्मका प्रतिवेदन अध्ययन गरिनेः प्रधानमन्त्री
  • १७ जेष्ठ २०८३, आईतवार १४:२६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न आयोगहरूले तयार पारेका प्रतिवेदनहरूको सरकारले एकमुष्ट अध्ययन गर्ने बताएका छन्।

mulpatra

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले देशका विभिन्न कालखण्डमा भएका आन्दोलन, घटनाक्रम र त्यसक्रममा भएका दमनबारे तयार गरिएका सबै प्रतिवेदनहरूको अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने बताएका हुन्।

जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको छानबिन प्रतिवेदन कार्यान्वयनबारे सांसद आर्यन राईले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आधिकारिक रूपमा प्राप्त नभएको जानकारी दिए।

mulpatra mulpatra mulpatra

‘मानव अधिकार आयोगको मात्रै होइन, विभिन्न आयोगहरू बनेका छन्। जति पनि आयोगका प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई नेपाल सरकारले एकमुष्ट रूपमा अध्ययन गर्छ। त्यसपछि गर्नुपर्ने काम कारबाही त्यहीअनुसार अघि बढाइन्छ,’ प्रधानमन्त्री शाहले भने।

उनका अनुसार प्रतिवेदन अध्ययनका लागि सरकारले समिति समेत गठन गरिसकेको छ। समितिले विभिन्न आयोगका प्रतिवेदनहरूको अध्ययन गरी आवश्यक सुझाव सरकारलाई उपलब्ध गराउनेछ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनबारे बोल्दै प्रधानमन्त्री शाहले हालसम्म त्यसको पूर्ण प्रतिवेदन सरकारलाई प्राप्त नभएको बताए। ‘२९ पृष्ठको केही अंश आएको छ, तर करिब १० हजार पृष्ठको प्रतिवेदन रहेको सुनिएको छ। त्यो प्रतिवेदन हामीकहाँ आधिकारिक रूपमा आइपुगेको छैन,’ उनले भने।

Image Source: © https://mulpatra.com

प्रधानमन्त्री शाहले प्रतिवेदन प्राप्त भएपछि त्यसलाई सार्वजनिक गरिने पनि बताए। ‘प्रधानमन्त्री कार्यालयमा आधिकारिक रूपमा आएपछि हामी सार्वजनिक गर्छौं। देशभरि भएका विभिन्न घटनासम्बन्धी आयोगका प्रतिवेदनहरू समितिले अध्ययन गरिरहेको छ। अध्ययनका लागि केही समय लाग्न सक्छ,’ उनले भने।

उनले प्रतिवेदनहरू अध्ययन गरेर तथ्य र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय र कारबाही प्रक्रिया अघि बढाउने स्पष्ट पारे।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com