Close

Recent Posts

बैंक–वित्तले सेवा आयात गर्दा भुक्तानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने

बैंक–वित्तले सेवा आयात गर्दा भुक्तानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने
  • २५ चैत्र २०८२, बुधबार १९:१७

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशी मुद्राको सटही सुविधामा राष्ट्र बैंकको स्वीकृति आवश्कय नपर्ने भएको छ ।

mulpatra

बैंकवित्तका लागि आवश्यक पर्ने सेवा आयात, सदस्यता शुल्क, आदि लाभाग्राही संस्थाको नाउँमा भुक्तानी गर्ने प्रयोजनको लागि यो सुविधा लागु भएको हो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार नयाँ विदेशी विनियम एकीकृत परिपत्र सम्बन्धी व्यवस्थामा संसोधन गरि यो व्यबस्था कायम गरिएको हो ।

mulpatra mulpatra mulpatra

सेवा आयात, सदस्यता शुल्क आदिका लागि प्रचलित व्यवस्थाबमोजिम स्वीकृत लिनुपर्ने भएमा सम्बन्धित निकायको स्वीकृती लिनुपर्नेछ, कर लाग्ने भए कर तिरेको निस्सा संलग्न गर्नु पर्ने छ ।

अमेरिकी डलर तीन लाख वा सो बरावरको विदेशी मुद्रा भन्दा बढी रकम भुक्तानी दायित्व सिर्जना हुने सम्झौताको हकमा भने केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागलाई अनिवार्य जानकारी गराउनुपर्ने छ ।