Close

Recent Posts

होर्मुजमा तेल–ग्यासमा कर लगाउने तयारी, इरानको नयाँ योजनाले विश्व बजार प्रभावित

होर्मुजमा तेल–ग्यासमा कर लगाउने तयारी, इरानको नयाँ योजनाले विश्व बजार प्रभावित
  • २६ चैत्र २०८२, बिहीबार २०:४७

काठमाडौं– ईरानले अमेरिकासँगको युद्धविरामपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव पार्ने निर्णयको तयारी गरेको छ। इरानले होर्मुज जलडमरूमध्यबाट हुने कच्चा तेल र ग्यास आपूर्तिमा ट्रान्जिट शुल्क (कर) लगाउने योजना बनाएको हो ।

mulpatra

यो जलमार्गमार्फत विश्वभर आपूर्ति हुने करिब २० प्रतिशत कच्चा तेल, एलपिजी र एलएनजी अहिले करको दायरामा आउन सक्ने देखिएको छ । यदि यो योजना कार्यान्वयन भयो भने इरानले ठूलो आर्थिक लाभ उठाउने अपेक्षा गरिएको छ ।

रिपोर्टहरूका अनुसार इरानले प्रति ब्यारेल कच्चा तेलमा १ अमेरिकी डलर ट्रान्जिट शुल्क लगाउने तयारी गरेको छ । यस्तो शुल्क लागू भएमा इरानले वार्षिक ७० देखि ८० अर्ब डलरसम्म आम्दानी गर्न सक्ने अनुमान गरिएको छ, जुन हालको तेल निर्यातबाट हुने आम्दानीभन्दा धेरै हो ।

mulpatra mulpatra mulpatra

इरानले सन् २०२३ मा कच्चा तेल निर्यातबाट ४१.१ अर्ब डलर आम्दानी गरेको थियो भने २०२४ मा यो बढेर ४६.७ अर्ब डलर पुगेको थियो। हाल इरान दैनिक करिब १.६ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरिरहेको छ ।

होर्मुज जलडमरूमध्यको साँघुरो मार्गमा इरानको प्रभावशाली नियन्त्रण रहेको छ। यही कारणले इरानले यस मार्ग प्रयोग गर्ने तेल ट्यांकरबाट शुल्क उठाएर अतिरिक्त आम्दानी गर्ने रणनीति बनाएको हो ।

यसअघि इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वका कारण होर्मुज जलडमरूमध्य सबैभन्दा बढी प्रभावित भएको थियो । आक्रमणपछि इरानले केही समयका लागि यो जलमार्ग बन्द गर्दा विश्वभरका करिब १८० तेल ट्यांकर अलपत्र परेका थिए भने खाडी क्षेत्रमा एक हजारभन्दा बढी ट्यांकरको भीड लागेको थियो ।

Image Source: © https://mulpatra.com

यस घटनाले धेरै देशहरूमा तेल र ग्यासको आपूर्ति संकट समेत निम्त्याएको थियो । अब इरानले सोही रणनीतिक अवस्थालाई उपयोग गर्दै टोल करमार्फत आम्दानी बढाउने योजना अघि सारेको छ ।

एजेन्सीबाट

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com