१४ दिनमै श्रम मन्त्री हटाइदै, भारी भयो स्वास्थ्य बीमा बोर्ड
काठमाडौं– प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने विषयमा छलफल गरेका छन् ।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित भएका थिए । उनले १५ दिन पनि श्रम मन्त्रालय काम गर्न पाएनन् ।
साह मन्त्री बनेको आज १४ दिन पुगेको छ । उनलाई आजै मन्त्रीबाट हटाउने तयारी छ । प्रधानमन्त्रीको सचिवालय स्रोत दिएको जानकारी अनुसार श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्री नै तयारीमा हुनुहुन्छ ।
![]() |
![]() |
![]() |
|---|
२०८० मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्री साहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा नियुक्त गरेका थिए ।
तर, लगातार बैठकमा लगातार अनुपस्थित भएपछि उनी निलम्बनमा परेका थिए । तर, साह मन्त्रीमा नियुक्त भएपछि निलम्बनमा परेकी श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः फर्काइयो । यसपछि मन्त्री शाह विवादमा परेका छन् । उनकै योजनाअनुसार श्रेष्ठलाई बोर्ड सदस्यमा फर्काइयो दाबी गरिएको छ ।
विवादमा पर्ने मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीतिअनुसार राइट टू रिकलको व्यवस्था प्रयोग गरेर मन्त्री शाहलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाउने तयारी रास्वपाले गरेको हो ।
Image Source: © https://mulpatra.com
शाह महोत्तरी–२ बाट निर्वाचित सांसद हुन् ।
उनले लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन् ।
मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन्। उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत हुन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



