पेट्रोल डिजेलको मुल्य फेरी बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल लगायतको इन्धनको मुल्य पुनः बढाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले शुक्रबारबाट लागु हुने गरि पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २५÷२५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा न्यूनीकरण नभएपछि मूल्य बढाउनु परेको विज्ञप्तिमा उल्लेख छ । निगमले पाक्षिक रुपमा करिब ७ अरब ८८ करोड घाटा व्यहोरीरहेको समेत जनाएको छ ।



